२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् ७ करोड तलब थाप्ने चार भारतीय क्रिकेटर, अन्यको कति ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले २०२२–२३ सिजनका लागि खेलाडीहरुसँग केन्द्रीय सम्झौता घोषणा गरेको छ । रविन्द्र जडेजा आइतबार राति जारी भएको सम्झौतामा बढुवा भएका छन् ।

उनी कप्तान रोहित शर्मा, विराट कोहली र जसप्रित बुमराहको ए प्लस ग्रेडमा सामेल भएका छन् । उनीहरुले ७–७ करोड रुपैयाँ पाउनेछन् । यो सम्झौता अक्टोबर २०२२ देखि सेप्टेम्बर २०२३ सम्म जारी गरिएको हो ।

यसैगरी, हार्दिक पाण्ड्या, रविचन्द्रन अश्विन, मोहम्मद शामी, ऋषभ पन्त र अक्षर पटेल ए ग्रेडमा परेका छन् । ती सबैले वार्षिक ५–५ करोड रुपैयाँ पाउनेछन् ।

हार्दिक पाण्ड्या यही ग्रेडमा फर्किँदा अक्षर पटेललाई बढुवा गरिएको छ । यस्तै, रविचन्द्रन अश्विन, मोहम्मद शामी, ऋषभ पन्त यही ग्रेडमा आफ्नो स्थान कायम राख्न सफल भएका छन् । ओपनर केएल राहुल घटुवा हुँदै बी ग्रेडमा झरेका छन् ।

ओपनर शुभमन गिल र सूर्यकुमार यादव ग्रेड बी मा बढुवा भएका छन् । शार्दुल ठाकुरलाई बी बाट सी मा धकेलिएको छ । बी ग्रेडका खेलाडीले वार्षिक ३ करोड पाउँछन् भने सी ग्रेडका खेलाडीले १ करोड पाउँछन् ।

टेस्ट स्पेशलिस्ट ब्याट्सम्यान अजिंक्य रहाणे, फास्ट बलर इशान्त शर्मा, भुवनेश्वर कुमार र मयंक अग्रवाल केन्द्रीय सम्झौताबाट बाहिरिएका छन् ।