काठमाडौं । आज बजारमा सुनको मुल्य स्थिर रहेको छ।
हिजो (बिहिबार) प्रतितोला रु ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (शुक्रबार) पनि सोही मुल्यमा (प्रतितोला रु ९० हजार ५ सय) नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि हिजो (बिहिबार) कै मुल्य प्रतितोला रु ९० हजार कायम भएको छ ।
यता चाँदीको मुल्य भने तोलामा रु ५ रुपैयाँले बढेर आज (शुक्रबार) प्रतितोला रु १३०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







