५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिको उम्मेदवारबारे छलफल गर्न पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बसुन्धरास्थित दियालो फुडल्याण्डमा बस्न लागेको हो । आजको बैठकमा पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आफू पक्षीय नेताहरुसंग पौडेलले छलफल गर्न लागेका हुन् । यता सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले गत शनिबार सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएपछि पौडेलले पनि बैठक बोलाएका हुन् । 

पौडेल पक्षमा पनि १४ औं महाधिवेशनको नेतृत्वको विषय टुंगो लगाउन बैठक राख्न पौडेललाई नेताहरुले दबाब दिएका थिए । पौडेल पक्षमा आधा दर्जन नेता सभापतिको आकांक्षी देखिएको छ ।

गत विहीबार शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आगामी भदौँ १६ १९ गतेका लागि महाधिवेशनको मिति संशोधन गरेपछि काँग्रेसमा सभापतिका दाबेदारको सक्रियता बढेको छ ।