२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा धार्मिक तथा अन्य पर्यटकहरुको आकर्षण बढाउने गरी योजना थालौँः राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरुको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषललाई हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले पशुपति क्षेत्रमा मन्दिरमा पूजा गर्न जने मात्रै नभइ पूजापछि विश्रामका लागि पनि बगैँचाहरुको निर्माण गरी व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनु भयो । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रमा भक्तजनका लागि धेरै उद्यान र प्रतिक्षालयको विकास र संरक्षण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले पशुपति क्षेत्रको विकासका लागि वृहत गुरुयोजना निर्माण गरी विशेष महत्वको आयोजनाका रुपमा अघि बढाउँदा स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभुत र अत्यावश्येक सेवासमेत व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पशुपतिनाथ नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यस्थल पनि हो । पूजाआज र दर्शन सकेपछि केही समय विश्रामका लागि महनमोहक वातावरण बगैँचामा बनाउनेगरी यस उद्यानलाई अझै व्यवस्थित गर्न जरुरी छ । पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्नसक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्छ । हरेक वर्ष मनाइने महान पर्वहरु शिवरात्री, बालाचतुर्दशी, हरितालिका तिज लगायतमा आउने भक्तहरुलाई ध्यानमा राखेर अव्यवस्थित मन्दिर परिसरमा आउने समस्या कम गर्न थुप्रै उद्यान र प्रतिक्षालयको विकास र संरक्षण गर्न जरुरी छ । पशुपति क्षेत्रको विकासका लागि वृहत गुरुयोजना निर्माण गरी विशेष महत्वको आयोजनाका रुपमा अघि बढाउँदा समेत स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभुत र अत्यावश्येक सेवासमेत व्यवस्थित गर्न सबैको ध्यान जान जरुरी छ ।’

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रलाई मन्दिर दर्शन गरेर फर्किने मात्रै नभइ लामो समयसम्म बस्नसक्ने वातावरण बनाउनसके अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिने बताउनु भयो ।