२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानले अफगानिस्तानमा इन्धन ट्रान्जिट लेन खोल्ने



अ+ अ-

काबुल (अफगानिस्तान) । इरानले अफगानिस्तानमा तेल र ग्यासको ट्रान्जिट ढुवानीलाई अनुमति दिने स्पुतनिक समाचार एजेन्सीले कार्यवाहक अफगान विदेश मन्त्रीले जनवरीमा तेहरानको भ्रमण पछिको सन्दर्भ उद्धृत गर्दै उल्लेख गरेको छ ।  

“वास्तवमा, अफगानिस्तानलाई थप तेल र ग्यास चाहिन्छ त्यसैले हामीले इरानसँग बैठक गर्यौं र इरानी अधिकारीहरूले हामीलाई भने कि यदि हामी इरान हुँदै अन्य देशहरूबाट आयात गर्न चाहन्छौं भने, इरान आफ्नो क्षेत्रबाट पारवहन अनुमति दिन तयार छ,“ अमिर खान मुत्ताकीले  एक अन्तर्वार्तामा उक्त कुरा उल्लेख गरेका छन्। 

मुत्ताकीले इरानी अधिकारीहरूसँगको दुई दिनको बैठकलाई राम्रो र अफगान–इरानी सम्बन्धको अवस्था सन्तोषजनक रहेको पनि टिप्पणी गरेका छन्। उनले इरानसँग इन्धन आपूर्तिमा थप बैठकहरू गर्ने पनि जनाएका छन् । (रासस–एएनआई)