२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षपछि भव्यरुपमा हुँदैछ आईपीएलको उद्घाटन समारोह



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ । साविक विजेता गुजरात टाइटन्स र ४ पटकको विजेता चेन्नई सुपर किंग्सबीच हुँदैछ ।

सो खेल अघि भव्य उद्घाटन समारोह हुनेछ । २०१८ पछि पहिलो पटक आईपीएलमा उद्घाटन समारोह हुन लागेको हो ।

समारोहमा अभिनेत्री तमन्ना भाटिया, रश्मिका मन्डन्ना र गायक अरिजित सिंहले प्रस्तुति दिनेछन् । आईपीएल व्यवस्थापनले बिहीबार यो जानकारी दिएको हो । रिपोर्टका अनुसार उक्त समारोहमा बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता टाइगर श्राफ पनि देखिन सक्नेछन् । यी दुईको नामको औपचारिक पुष्टि भने भइसकेको छैन ।

प्रतियोगिताको होम एण्ड अवे फर्म्याटका कारण १० वटै टिमका कप्तान उद्घाटन समारोहमा सहभागी हुने छैनन् । समारोहमा गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या र चेन्नई सुपर किंग्सका महेन्द्र सिंह धोनी मात्रै उपस्थित हुनेछन् ।