काठमाडौं । आज जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताहरू छलफलमा जुट्दैछन् ।
आज (बिहिबार) दिउँसो १ बजे बबरमहलमा समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा उनीहरु जुट्न लागेका छन्।
जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको थियो। महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए।
जसपाबाट दुई राज्यमन्त्री र ९ जना मन्त्री भएका थिए।
तर सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त भएका छन्। आजको छलफलमा मंगलबार पदमुक्त भएका मन्त्रीहरू र नेताहरू अब कसरी अगाडि बढ्ने भन्नेबारे कुरा छलफल हुनेछ ।












