२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको पछिल्लो अवस्थाप्रति चिनियाँ कुटनीतिज्ञद्वारा चासो व्यक्त



अ+ अ-

राष्ट्रसंघ, न्यूयोर्क । अफगानिस्तानमा जारी पछिल्ला हिंसात्मक घटनाप्रति चीनका वरिष्ट कुटनीतिज्ञले मंगलबार चासो व्यक्त गर्नु भएको छ । उहाँले अफगानिस्तानमा देखा परेका समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले मद्दत गर्न आह्वान पनि गर्नु भयो ।

अफगानिस्तानको वर्तमान परिस्थिति गम्भीर मोडमा पुगेको र अनिश्चितताको नयाँ चरणमा प्रवेश गरेको देखिएको छ । संयुक्तराज्य अमेरिका र नेटोले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ सैनिक फिर्ता लैजाने घोषणा गरेसँगै परिस्थिति थप जटिल बनेको छ । 

अन्तर–अफगान मध्यस्थता वार्तामा प्रगति हुनुको साटो अझ जटिलता थपिएको छ । सुरक्षा अवस्थामा पनि निरन्तर खस्किदो अवस्थामा छ भने आर्थिक तथा मानवीय अवस्था कमजोर हुँदै गएको छ, राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले बताउनुभयो ।

सुरक्षा परिषद बैठकमा सम्बोधन गर्दै श्री झाङले भन्नुभयो, “चीनले यस अवस्थाका बारेमा गहिरो चासो व्यक्त गर्दछ । अफगानिस्तानको वर्तमान अवस्था सिर्जना भइरहेका कारणका बारेमा हामीले निकै ध्यानपूर्वक विचार गर्नु आवश्यक छ । अफगानिस्तानमा दिगो स्थायित्व हासिल गर्न सबै पक्षले ध्यान दिनु आवश्यक छ ।”
अफगानिस्तानको भविष्य अफगानी जनताकै हातमा छ, र भावी राजनीतिक व्यवस्थाका बारेमा पनि स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार अफगानी जनतालाई नै दिनु पर्दछ, उहाँले भन्नुभयो । 

अन्तर्राष्ट्रिय समुदायले अफगानी नेतृत्व र अफगानी जनताकै स्वामित्वको सिद्धान्तबाट अघि बढ्नुपर्ने बताउँदै उहाँले अफगानिस्तानमा शान्ति प्रक्रियालार्य स्वच्छ र पारदर्शी रुपमा अगाडि बढाउनु पर्दछ भन्नुभयो ।

श्री झाङले अफगानिस्तानका सबै पक्षहरुले मुलुक र यसका जनताको चासोलाई ध्यानमा राख्नु पर्दछ भन्दै अफगानिस्तानको राष्ट्रिय अवस्थालाई सुहाउँदो शासकीय मोडेल र विकास मार्ग चुन्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । चीनले अफगानिस्तानमा शान्ति प्रक्रियामा मद्दत गर्न, मध्यस्थता गर्न र सहजीकरण गर्न निरन्तर मद्दत गरिरहने उहाँले बताउनुभयो । (रासस–सिन्ह्वा)