काठमाडौं । आज बजारमा सुनको मुल्य सामान्य रुपमा घटेको छ। सुनको मुल्य तोलामा रु ३ सयले घटेको हो ।
हिजो (मंगलबार) प्रतितोला रु ९१ हजारमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) रु ३ सयले घट्दै प्रतितोला रु ९० हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९० हजार २ सय कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १२९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







