५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकोप्टरमा उड्दा-उड्दै मन्त्री पद चट



अ+ अ-

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको हेलिकोप्टरमा उड्दा-उड्दै मन्त्री पद गएको छ । सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि महतोको मन्त्री पद गएको हो ।

मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला महतो हेलिकोप्टर मार्फत सिन्धुपाल्चोक लाग्नुभएको थियो । हेलिकोप्टरबाट काठमाडौं टेक्न नपाउँदै उहाँको मन्त्री पद गएको हो ।

गत असार १ गतेको मेलम्ची नदीको भीषण बाढीले क्षति पुर्याएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रको अवलोकनका लागि मन्त्री महतो साढे १२ बजे सिन्धुपाल्चोकतर्फ जानुभएको थियो ।