५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

शपथ खाएको १९ दिनमै गुम्यो राजेन्द्र महतोसहित २० मन्त्रीको पद



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ खाएका उपप्रधानमन्त्री राजेन्द्र महतोसहित २० मन्त्रीको पद गएको छ ।

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतले बदर गरिदिएपछि जेठ २१ र २७ गते शपथ खाएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले पद गुमाएका हुन् । 

पद गुमानेमा उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठ, गृहमन्त्री खगराज अधिकारी, स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ पनि रहेका छन् । अधिकारी जेठ २७ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र कानून मन्त्री लीलानाथ श्रेष्ठ भने मन्त्रिपरिषदमा यथावत छन् ,