५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डद्वारा नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन् । प्रचण्डले आज (मंगलबार) बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका भरतपुर महानगरपालिका वडा नं. २६ को सिसई क्षेत्रको अनुगमन गरेका हुन् ।  

अनुगमनका क्रममा उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफुले यसको विस्तृत गूरूयोजना बनाई काम अगाडी बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको पनि बताए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले डुबानको पीडामा परेका स्थानीय समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदीको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष प्रचण्डले नदी तटबन्ध र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनिकरण गर्न आफुले अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको समेत बताए ।

बाढीले भरतपुर महानगरपालिकाको वडा नं३ को दोभान चोक, वडा नं। १६ को झनझने र वडा नं। २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए भने १ सय बिगाहा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ ।