काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले पार्टीको एकताबारे भइरहेको पहललाई आशंकाका रुपमा लिएका छन् ।
सोमबार सामाजिक सञ्जालमा ट्वीटमार्फत पूर्वमन्त्रीसमेत रहेका नेता बाँस्कोटाले पार्टीलाई एकताबद्ध बनाउन लागिपरेका नेताहरुको कार्यशैलीमाथि आशंका व्यक्त गरेका हुन् ।
उनले एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका नेताहरु नै थाकेको भन्दै खिचडी पाक्ने त हो-होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन भन्दै कटाक्ष गरेका छन् ।
एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो? खिचडी पाक्ने त हो-होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन।अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ३अघिको बैठक बस्ने।त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम।
— Gokul Prasad Baskota (@GokulPBaskota) June 21, 2021












