२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको अलाबामामा भएको दुर्घटनामा ९ बालबालिकासहित १० को मृत्यु



अ+ अ-

वासिङ्टन । अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको बताइएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको बताइएको छ । उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्यान गएको छ । साथै अर्का एकजना वयस्क नागरिक पनि सो दुर्घटनामा परी मृत्यु भएको छ ।

यहाँका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन् । सो दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए । एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ । 

उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो । अर्को भ्यानमा रहेका एकजना २९ वर्षका युवक र उनकी नौ महिनाकी छोरीले पनि त्यही दुर्घटनामा परेर ज्यान गुमाएका यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

यो सडक दुर्घटना भएको र दुइ ओटा भ्यान एक आपसमा जुधेका ती प्रहरी अधिकारीले जानाकारी गराएका छन् । दुर्घटनाको बारेमा अनुसन्धान थालिएको पनि ती प्रहरीले जानकारी दिएका छन् ।(रासस-सिन्ह्वा)