५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको रक्षा गर्ने दायित्व आएको छ : मुख्यमन्त्री पोखरेल



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको रक्षा गर्ने दायित्व नेपाली काँग्रेसमा आएको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा आज भर्चुअलरुपमा आयोजित ‘संविधानको रक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले  काँग्रेस नेतृत्वको सरकारका समयमा जारी नेपालको लोकतान्त्रिक संविधानको रक्षार्थ काँग्रेस सधैं चिन्तित रहेको बताउनुभएको हो । 

समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसी, उपाध्यक्ष कुलचन्द्र वाग्ले, सचिव प्राडा वासुदेव भण्डारी जिल्ला अध्यक्ष प्राडा गिरिधारी शर्मालगायतले संविधानमाथि संकट आएका अवस्थामा प्रजातन्त्रवादी शक्ति एकजुट भएर यसको रक्षार्थ लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । अधिवक्ता कपिलमणि दाहालबाट अवधारणापत्र प्रस्तुत गरिएको कार्यक्रममा संविधानविद् डा। विपीन अधिकारीले टिप्पणि गर्नुभएको थियो ।