काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण सुरक्षा निकायका प्रमुख हरुसँग प्रत्यक्ष छलफल गर्नुभएको छ ।
उहाँले शुक्रबार गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई शितल निवासमा डाकेर छलफल गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिन शितल निवास डाक्नुभएको हो ।
विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जानकारी गराएर गृहमन्त्रीसहितका सुरक्षा अधिकारी फर्किनुभएको छ ।












