२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीबाट पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ऋण दिँदै विश्व बैंक



अ+ अ-

काठमाडौँ । कोभिड–१९ को महामारी उत्थानशील पुनरुत्थानका लागि विश्व बैंकले नेपालका लागि १५ करोड अमेरिकी डलर (१७ अर्ब ५५ करोड) विकास नीति ऋण प्रदान गर्ने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले बिहीबार ऋण स्वीकृति दिएको विश्व बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘महामारीको सामाजिक र आर्थिक प्रभावको अवस्थामा हाम्रो प्राथमिकता प्रभावित जनसंख्यालाई तत्काल राहत पुर्‍याउने र नेपालको हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा सघाउने हो,’ विश्व बैंकका लागि नेपालसहित श्रीलंका र माल्दिभ्सका निर्देशक फारिस हदाद जर्भोसलाई उद्धृत गर्दै विश्व बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । वृद्धि, पुनरुत्थान र उत्थानशीलताका लागि पद्धतिगत वित्तीय नीति कार्यक्रमले नेपालको कर र भन्सार प्रणाली, ऋण व्यवस्थापन र सार्वजनिक पुँजी खर्चसहित संस्थागत र नियमनकारी भूमिका सुदृढीकरणका लागि सहयोग पुग्ने विश्व बैंकको अपेक्षा छ ।

यो ऋणले तत्काललाई स्वास्थ्य उत्तरदायित्वका लागि सहायता गर्नुका साथै सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, निजी क्षेत्रलाई पुँजी तथा डिजिटल समाधानमा पहुँच पुर्‍याउन साथै हरित पुनरुत्थान गर्न नियमनकारी जग बसाल्न सहयोग पुग्ने विज्ञप्तिमा जनाइएको छ । कान्तिपुर दैनिक