२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा सूचीकृत यी अस्पतालमा कोभिड १९ बिरामीहरुको उपचार नि:शुल्क, हेर्नुहोस् कुन-कुन अस्पताल हुन् ?



अ+ अ-

काठमाडौं । सबै सरकारी अस्पतालहरु र सरकारसँग सम्झौता गरेका ८६ वटा निजी अस्पतालहरुले कोभिड १९ बिरामीहरुलाई नि:शुल्क उपचार दिने भएको छ । यी सूचीकृत अस्पतालहरुमा कोभिड १९ का बिरामीहरुले उपचार गराउँदा अबकुनै शुल्क तिर्न नपर्ने भएको हो । 

आफ्नो नजिकैको अथवा आफुलाई सहज हुने कोभिड १९ सूचिकृत अस्पतालमा गई निशुल्क उपचार गर्न पाइनेछ । ८६ वटा निजी अस्पतालहरु मध्य कुन अस्पतालमा उपचार गरिन्छ भन्ने बारे जानकारी राख्न यी वेभसाइट हेर्न सकिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइट www/mohp.gov.np/en र राष्टिर्य स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको वेभसाइट www.nhiecc.gov.np मा गएर हेर्न सकिन्छ । 

यदि त्यस्ता सूचिकृत अस्पतालमा उपचार गर्दा शुल्क लिए स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यलय, प्रदेशका सम्बन्धित निकायहरु अथवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सप्रमाण उजुरी गर्न सरकारले अनुरोध गरेको छ । साथै कोरोना संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डहरु पालना गरौँ । 
मापदण्डहरु :

  • भौतिक दुरी कायम गरौँ । 
  • मास्क लगाऔँ ।
  • बेलाबेलामा साबुन पानीले हात धोऔँ ।