२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई भ्याक्सिन र अक्सिजन दिन एम्नेष्टी युकेको आग्रह



अ+ अ-

लण्डन । नेपालमा कोभिड–१९ को दोस्रो लहरबाट नेपाली समुदायलाई बचाउन खोप र अक्सिजन प्रदान गर्न एम्नेष्टी युकेले सोमबार विज्ञप्ति निकालेर विश्व समुदायलाई आग्रह गरेको छ । 

नेपालमा रहेको हालको पूर्वाधारले अहिलेकै अवस्थाको कोभिड बिरामी धान्न समस्या भइरहेकाले अक्सिजन, आइसियू शय्या, व्यक्तिगत सुरक्षा उपकरण र खोप लगायतका सामग्री उपलब्ध गराउन आग्रह गरिएको हो । 

एम्नेस्टी इन्टरनेशनलका एशिया–प्यासिफिक निर्देशक यामिनी मिश्राले भारतमा जस्तै परिस्थिति नेपालमा पनि आउन सक्ने भएकाले तत्कालै अक्सिजन, भेन्टिलेटर, खोप तथा अन्य जीवनदायी उत्पादनको आपूर्ति गनुपर्ने अवथा रहेको बताउनुभयो । 

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘‘कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न नेपाललाई अझ बढी खोपको आवश्यकता पर्दछ । चीन र अमेरिकाजस्ता मुलुकले खोप उपलब्ध गराउने बचन दिए पनि यो पर्याप्त छैन । 

खोपमा समान पहुँच सुनिश्चित गर्न कोभाक्सजस्ता विश्वव्यापी प्रणालीलाई स्पष्टरूपमा  समर्थन प्रदान गर्नुपर्छ र स्थानीयरूपमा खोप उत्पादन गर्न संशाधन र प्रविधि स्थानान्तरणलाई प्राथमिकता दिनुपर्छ ।” रासस