काठमाडौं । आज (मंगलबार) बजारमा सुनको मुल्य स्थिर रहेको छ ।
हिजो (सोमबार) प्रतितोला रु ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगलबार) सोही मुल्यमा स्थिर भई प्रतितोला रु ९३ हजार २ सयमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९२ हजार ७ सय नै कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १३५५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







