२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोरीको तेलले मालिस गर्दा बच्चाको हाड-जोर्नी बलियो बनाउँछ- अरुणा उप्रेती



अ+ अ-

अरुणा उप्रेती । घाममा राखेर तोरीको तेल लगाउने परम्परागत राम्रो चलन आजकल हराउँदै गएको छ। कति जनाले बच्चालाई तोरीको तेलले मालिस गर्नु हुँदैन भन्छन्। यो सल्लाह ठिक होइन भन्ने बुझे हुन्छ।

कुनै पनि स्वास्थ्यकर्मीले बच्चालाई तोरीको तेलले मालिस नगर्नु, बच्चालाई घाममा नराख्नु भनेर सिकाउँदैन। किनभने तेल लगाउनाले अर्थात् मालिसले हाड, जोर्नी बलियो बनाउँछ। तनाव पनि कम गराउँछ। व्यायाम पनि हुन्छ।

जाडोमा घाममा बसेर तेल लगाउनाले बच्चाले भिटामिन डी पनि पर्याप्त पाउँछ। अनेक थरीका पाउडर छोडेर स्वस्थकर तेल लगाउनु फाइदा हुन्छ। विदेशमा घाम नलाग्ने ठाउँमा बच्चालाई भिटामिन डी पुगोस् भनेर विशेष प्रकारको व्यवस्था गरिएको हुन्छ। नेपालमा भने सित्तैमा पाइने घाममा रहेको भिटामिन डी प्रयोग नगर्न सल्लाह दिइन्छ।

हामीहरू ६० वर्षका मान्छेहरू अहिले घाममा तेल लगाउँदैछौं। आफ्ना सन्तानलाई त्यसैगरी तोरीको तेल लगाएर हुर्कायौं। अहिले कति जनाले म त बेबी लोशन लगाउँछु मेरो बच्चालाई, तोरीको तेल त गनाउँछ भन्नुको अर्थ बजारको फन्दामा परेर आफ्नो बालबालिकाको स्वास्थ्य नराम्रो पार्नु हो।