९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गलबार कांग्रेसको संसदीय दलको बैठक बस्ने



अ+ अ-

काठमाडौँ । महाअभियोग प्रस्तावबारे पार्टीको भूमिका स्पष्ट पार्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक मङ्गलबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने पार्टीले जनाएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा (हाल निलम्बित) विरुद्ध कांग्रेससहित सत्ता गठबन्धनका ९८ सांसद्ले संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्ता गराउनेमा नेकपा माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरु समेत थिए ।