२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक तथा वित्तीय संस्थाका थप शाखा सञ्चालन गर्न राष्ट्र बैंकको निर्णय



अ+ अ-

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका धेरै शाखा पुन: सञ्चालनमा आउने भएका छन्। निषेधाज्ञा केही खुकुलो हुँदै गएपछि सकेसम्म थोरै कर्मचारी राखेर भीड नहुनेगरी आलोपालो शाखाहरु सञ्चाल गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

बैंक तथा वित्तीय संस्थाहरुले उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामका लागि मात्रै कार्यालयमा कर्मचारीको उपस्थिति गराउन राष्ट्र बैंकले आग्रह गरेको छ। त्यस्तै प्रधान कार्यालयको हकमा एक तिहाई कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्न भनिएको छ । उपत्यकाबाहिर स्थानीय निकायसँगको समन्वयमा शाखा संचालन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। 

यसअघि जेठ १९ गते राष्ट्र बैंकले काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स कम्पनीका ३ वटासम्म शाखा संचालन संख्या तोकिदिएको थियो।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पुरानो व्यवस्था हटाइएको जानकारी दिनुभएको छ। निषेधाज्ञा खुकुलो भएसँगै बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्रै खुल्दा झन् भीड हुन सक्ने भएकाले थप शाखाहरु संचालन गर्नुपर्ने अवस्था रहेको भट्टले बताउनुभयो। 

 




भर्खरै