२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट



अ+ अ-

काठमाडौं । अब नेपालमै पहिलोपटक लिक्विड अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै पहिलो लिक्विड (तरल) अक्सिजन ग्यास प्लान्टको भर्चुअल माध्यमबाट आइतबार शिलान्यास गरेका हुन् । सो ग्यास प्लान्ट भने रूपन्देहीको रोहिणी गाउँपालिकास्थित सिमरहवामा स्थापना गरिनेछ ।

अक्सिजन ग्यास प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभावले धेरै समस्या झेल्नुपरेको स्मरण गर्दै अब यो प्लान्टको स्थापनाले अक्सिजनको समस्या बेहोर्नु नपर्ने बताए ।

कोरोनाको दोस्रो लहरका क्रममा एक्कासि अक्सिजन अभाव हुँदा धेरै व्यक्तिले मृत्युवरण गर्नुपरेको थियो । अक्सिजनको माग अत्यधिक बढेपछि धेरैले महँगो मूल्य तिरेरै भए पनि अक्सिजन सिलिन्डर किनेका थिए । प्रधानमन्त्री ओलीले भारतबाट अक्सिजनलगायत आवश्यक स्वास्थ्य सामग्री आयात गर्ने क्रममा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राखेको र त्यो अब पूरा हुने स्पष्ट पारे । हरेक सय बेडभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत गरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले यस्तो महामारीमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले लिक्विड अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको जानकारी दिए । प्रधानमन्त्री ओलीले कोरोनाको दोस्रो लहर उचाइमा पुगेको बेला मुलुकमै लिक्विड अक्सिजन प्लान्ट राख्ने उद्योगी शंकर अग्रवालको प्रयास प्रशंसनीय र देशप्रति उत्तरदायीपूर्ण भएको बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।