२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमित सङ्ख्या निरन्तर ओरालो



अ+ अ-

काठमाडौं । कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । विगत २४ घण्टामा थप दुई हजार ४०७  जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा  हालसम्म  कोरोना  सङ्क्रमितको सङ्ख्या  छ लाख  नौ हजार १८५  पुगेको छ । कोरोना  निको हुनेको सङ्ख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ    ।

विगत २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कारोना  सङ्क्रमणबाट  मृत्यु  हुनेको सङ्ख्या  आठ  हजार ४१२  पुगको छ । नेपालमा  हालसम्म  ३२  लाख  १४  हजार ७२५ जनाको पीसीआर परीक्षण  गरिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले आइतबार सात   हजार ५१७ जनाको पीसीआर र चार हजार ८८९  जनाको एन्टिजन विधिबाट  परीक्षण गरिएको जानकारी दिए । कुल  १२ हजार ४०६  जनाको परीक्षण गरिएको  मा  दुई  हजार ४०७ जनालाई  कोरोना पुष्टि भएको हो   । 

विगत  २४  घण्टामा काठमाडौं उपत्यकामा ६५३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका  अनुसार काठमाडौ  ँमा  ४८३,  भक्तपुर  मा  ५८  र ललितपुमा ११२ जना सङ्क्रमित थपिएका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।