५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी



अ+ अ-

काठमाडौं । निषेधाज्ञाबारे थप निर्णय लिन आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको (सीडीओ) बैठक बस्दैछ । आजको प्रमुख जिल्ला अधिकारीहरुको बैठक दिउँसो २ बजे बस्ने तयारी रहेको बताईएको छ ।

आज बस्ने बैठकबाट निषेधाज्ञालाई सहज रुपमा पालना गर्दै कसरी अगाडी बढाउँने भन्नेबारे छलफल हुने बताईएको छ । उपत्यकामा निषेधाज्ञालाई अझै एक साता लम्ब्याईने बुझिएको छ । उपत्यकामा पछिल्लो समय लगाईएको निषेधाज्ञा भोली (३१ गते) सकिँदैछ । त्यस्तै अबको निषेधाज्ञा भने केही सहज हुने पनि अनुमान गरिएको छ ।

अब थपिने निषेधाज्ञामा पुस्तक ढुवानी र पुस्तक पसलहरु खुल्न सक्नेछन् । त्यस्तै निश्चित समयावधी तोकेर कृषी र विकास निर्माणमा क्षेत्रमा पनि खुकुलो बनाईनेछ । त्यस्तै अन्य क्षेत्रमा पनि सावधानी अपनाउँदै केही हदसम्म खुकुलो गरिनेबारे खआजको बैठकले निर्णय गर्ने बताईएको छ । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण घटे पनि सतर्कता भने अझै अपनाउनुपर्ने भएको भन्दै थप एक साता निषेधाज्ञा थपिन लागेको हो ।