२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कागज किर्ते गरेर रसुवागढी नाकामा नयाँ प्रणाली लागु प्रयास



अ+ अ-

काठमाडौं । रसुवा पोर्ट म्यानेजमेन्टले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नयाँ प्रणाली अगाडि बढाएको छ । सरकारी कागज किर्ते गरेर बनाइएको उक्त कमिटीले क्रेनबाट सामग्री हाल्ने प्रक्रिया अघि बढाएको हो ।  

यसका लागि चीनतर्फ सामग्री हाल्ने फ्रेम निर्माण गरिएको छ । उक्त फ्रेम एक पटक प्रयोगमा ल्याएपछि दोहो¥याएर प्रयोग गर्न नमिल्ने सिलिक ट्रान्सर्पोटका निर्देशक सोनाम वाङ्दी लामाले बताए । ‘एक महिनाअघिदेखि सामग्री हाल्ने फ्रेम निर्माण भएको सुनिएको छ,’ उनले भने, ‘यो प्रक्रिया लागु भयो भने नाका बन्द हुन्छ ।’ यो एक पटक प्रयोग गर्दा करिब ८ हजार ९ सय ९० आरएमबी तिर्नुपर्छ ।  

कमिटीले चीनको केरुङ पोर्ट म्यानेजमेन्ट कमिटीलाई उक्त प्रणाली सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएर पत्र पठाएको छ । यसले चिनियाँ पक्षलाई फाइदा हुन्छ र सुरक्षित पनि हुन्छ । तर नेपाली व्यवसायीले नाकाबाट हात झिक्नुपर्ने अवस्था आउने उनको भनाइ छ । गोसाइँकुण्ड गाउँपालिका–२ को छाप तथा लेडरप्याड किर्ते गरेर कमिटी निर्माण गरिएको हो । नाका व्यवस्थापनका लागि कसैलाई पनि अनुमति नदिएको वडाध्यक्ष दावा दोर्जे तामाङले बताए । ‘हामीले नाका व्यवस्थापनका लागि कसैलाई पनि अनुमति दिएका छैनौं,’ उनले भने, ‘हाम्रो वडाको छाप निर्माण गरेर कमिटी गठन गरेको सुनेका छौं ।’  

यो समाचार आजको नागरिक दैनिकमा छ ।