२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका चोक–चोकमा भेटिन थाले ‘हल्कारा’ (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । यतिबेला उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य–मुख्य चोकहरुमा हल्काराको पोषाक लगाएका केही व्यत्तिहरु झ्यालि पिटिरहेका हुन्छन् ।

एक अधवैश्य हल्कारा झ्यालि पिट्दै भनि रहेका हुन्छन् तिमीहरूलाई थाहा छ हल्काराको मुल्य मान्यता र कर्तव्य के हो ? अनि परेठमा बसिरहेका हल्काराहरुले चर्को स्वरमा भन्छन् थाहा छ ! हाम्रो काम भनेको चिठी एक ठाउँबाट अर्को ठाउमा लाने हो सर । अनि ति जवान थप्छन् – त्यतिमात्र होइन हाम्रा धेरै जिम्मेवारी छन् ति दुरदराजमा रहेका खुम्चियर बसेका भावना इच्छा–चाहानालाई ठेगानासम्म पुर्याउने हाम्रो कर्तव्य हो ।

विस्तारै चिट्ठीको हुलाकको हुलाकीको कामलाइ छिनभरमा प्रतिस्थापन गरेको इन्टरनेट मोबाइल फोनको दुनियाँमा आइरहँदा कतिपयलाई त हल्काराको अर्थ पनि थाहा नहुन सक्छ । जब आजको जस्तो इन्टरनेटको आविष्कार थिएन त्यसवखत एक ठाउँबाट अर्को ठाउँसम्म खबर पुर्याउने चिट्ठी र हुलाकको प्रयोग गरिन्थ्यो त्यही पेसा अँगालेका व्यत्तिलाई हल्कारा भनिन्छ । जसले चिट्ठी पुर्याउछ पढेर पनि सुनाउँछ उ हल्कारा हो ।

यही विषय वस्तुमा रहेर बनेको नेपाली चलचित्र ‘हल्कारा’को प्रचार–प्रसार फरक शैलीमा भइरहेका छन् । अन्तर्राष्ट्रियस्तरमा विभिन्न वार्ड जितेको नेपाली चलचित्र हल्कारा नेपाली दर्शकले भने वैशाख २९ गतेदेखि हेर्न पाउने भएका छन् ।

सोहि चलचित्रको जानकारी दिन सडक नाटक प्रहसनहरु व्यापक रुपमा प्रस्तुत भईरहेका छन् । हल्कारा चलचित्रको प्रचारप्रसारमा हल्काराकै भेषमा यतिबेला चलचित्र हल्कारा युनिटले प्रचार–प्रसार व्यापक पारिरहेको छ । हल्कारामा महेश त्रिपाठीको मुख्य भुमिका रहेको छ भने विक्रम सापकोटाको निर्देशन रहेको छ । महेशका अलवा विनिता थापामगर, पशुपति राई, स्वर्गीय दिपक क्षेत्री, प्रकाश दाहाल लगाएतको अभिनय रहेको छ ।

यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल छन् । चिन्तन राजभण्डारी छायाँकार रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।