३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाद्वारा परिपत्र जारी



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)ले मातहत समिति र सङ्गठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन शुक्रबार परिपत्र जारी गरेको छ ।

आगामी असार ९ गतदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरिएको सो पार्टीले जनाएको छ ।

यसैगरी जसपाको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या साता सय ७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो । केन्द्रीय समितिमा चार सय २३, सात प्रदेश समितिबाट ४९ जना, दश राष्ट्रिय समितिबाट ५० जना, तीन वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट एक सय ३५ जना, पाँच वटा महानगरपालिकाबाट पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार ट्रेड युनियन महासङ्घ, विद्यार्थी, युवा, महिला, कानून व्यवसायीबाट दुईरदुई जना प्रतिनिधि रहने छन् । बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासङ्घ, किसान महासङ्घ, आदिवासी जनजाति महासङ्घ, खेलकुद महासङ्घ, सांस्कृतिक महासङ्घ, पिछडा वर्ग महासङ्घ, शिल्पी दलित महासङ्घ, थारु सङ्घ, मुस्लिम सङ्घ, सुकुम्वासी सङ्घ, प्रेस युनियनबाट एक÷एक जना प्रतिनिधि हुने छन् ।

यसैगरीमधेस प्रदेश समितिलाई, कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लालाई थप प्रतिनिधिको व्यवस्था गरेको छ । सोअनुसार मधेस प्रदेश समितिलाई पाँच जना, कोशी प्रदेशका धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट चाररचार जना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट पाँचरपाँच जना थप प्रतिनिधि रहने जनाइएको छ । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई चाररचार जना थप प्रतिनिधिको व्यवस्था गरिएको र केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्ने जनाइएको छ ।