काठमाडौं । काठमाडौंमा उपत्यकामा निषेधाज्ञाको ४४ औँ दिन पुगेको छ । गत वैशाख १६ गतेदेखि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो।
उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच बसेको बैठकले संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो।
अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिने र उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन भइरहेको छ ।












