५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार १ गतेदेखि अनलाइनबाट विद्यार्थीको भर्ना लिइने



अ+ अ-

चितवन । विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् ।

कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार ईन्टरनेटको सुविधा भएको ठाउँमा भर्चुअल माध्यमबाट भर्ना लिइने छ भने अन्य स्थानमा सामाजिक दूरी कायम गरी भर्ना लिइने छ । विद्यार्थीहरुको भविष्यसँग जोडिएकाले भर्ना प्रक्रिया शुरु भएसँगै विद्यालयले पुस्तक खरिद गरी विद्यार्थीहरुलाई उपलव्ध गराउने छन् । अहिले यहाँका सात वटै स्थानीय तहका शिक्षा शाखाहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

कक्षा आठको नतिजाको समेत अन्तिम तयारीमा लागेकाले त्यस लगत्तै भर्ना अभियान र पठनपाठन शुरु गरिने छ । विद्यालयहरुले भर्ना फारम आफ्नो विद्यालयको वेभसाइटमा राख्ने छन् । सोही साईटमार्फत विद्यार्थीले फारम भरेर विद्यालयलाई बुझाउने छन् । सो फारमको आधारमा विद्यालयले विद्यार्थीसँंग भर्चुअल रुपमा अन्तरवार्ता लिई भर्नामा सहभागी गराउने छन् । विद्यार्थी भर्ना प्र्रक्रियासँगै पठन पाठन पनि भर्चुअल माध्यमबाटै गर्ने छन् ।

अनलाइनको सुविधा नपुगेका विद्यालयहरुले भने भर्नाका लागि सामाजिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक दूरी कायम गरी भर्ना गर्ने छन् । पठनपाठनका लागि वैकल्पिक माध्यम अबललम्बन गर्नुपर्ने छ ।” जिल्लामा ३ सय २३ सामुदायीक र २ सय १६ संस्थागत गरी ५ सय ३९ विद्यालय रहेका छन् । ती विद्यालयमा १ लाख ५४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।