काठमाडौं । आज (शुक्रबार) बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा रु ६ सयले बढेको हो ।
हिजो (बिहिबार) प्रतितोला रु ९३ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (शुक्रबार) बढेर प्रतितोला रु ९४ हजार ५ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि प्रतितोला रु ९४ हजार कायम भएको छ ।
यता चाँदी प्रतितोला रु १३७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।







