२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरेन्द्र मोदी स्टेडियममा पहिलोपटक आमनेसामने हुँदै गुजरात र हैदरावाद



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लिग चरणको ६२ औँ खेल गुजरात टाइटन्स (जीटी) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच हुँदैछ । खेल गुजरातको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । यस मैदानमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

गुजरातले यो सिजन हालसम्म खेलेका १२ खेलमध्ये ८ मा जित र ४ मा हार बेहोरेको छ । हार्दिकको नेतृत्वमा रहेको गुजरातले उत्कृष्ट प्रदर्शन गर्दै १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । आजको खेल जितेर टोली प्लेअफमा पुग्ने पहिलो टोली बन्न सक्छ ।

हैदरावादविरुद्धको टोलीका ४ विदेशी खेलाडी डेभिड मिलर, राशिद खान, नूर अहमद र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक मोहम्मद शामी, शुभमन गिल र हार्दिक पाण्ड्याजस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

हैदरावादले यो सिजन हालसम्म खेलेका ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेको छ । हैदरावाद ८ अंकका साथ तालिकाको नवौं स्थानमा छ । गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडी एडेन मार्कराम, हेनरिक क्लासेन, ग्लेन फिलिप्स र फजल हक फारुकी हुन सक्छन् ।

गुजरात र हैदरावादको टोली बराबरीमा छन् । यी दुईबीच अहिलेसम्म जम्मा दुई खेल भइसकेका छन् । एक पटक गुजरात र एक पटक हैदरावादले जित हात पारेको छ ।

नरेन्द्र मोदी स्टेडियमको पिचले ब्याट्सम्यानलाई धेरै सहयोग गर्छ । यो पिचमा स्पिन बलरलाई निकै समस्या छ । साँझमा शीतले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ । सोमबार अहमदाबादमा मौसम सफा हुनेछ । पानी पर्ने सम्भावना छैन । यहाँको तापक्रम २९ देखि ४१ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती – ११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), ऋद्धिमान साहा (विकेटकिपर), विजय शंकर, डेभिड मिलर, अभिनव मनोहर, राहुल तेवाटिया, राशिद खान, नूर अहमद, अल्जारी जोसेफ, मोहम्मद शामी र मोहित शर्मा ।

सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), अभिषेक शर्मा, अनमोलप्रीत सिंह, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), ग्लेन फिलिप्स, अब्दुल समद, मयंक मार्कण्डे, भुवनेश्वर कुमार, फजल हक फारुकी र थांगारासु नटराजन ।