५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

औद्योगिक क्षेत्रलाई राज्यसँग जोडेर अभिभावकत्वको अनुभुति गराउँछु : राजकिशोर यादव



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले औद्योगिक क्षेत्रहरुलाई राज्यसँग जोडेर अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । 

बिहीबार मन्त्रीमा नियुक्त हुनुभएका यादवले कार्यभार सम्हाल्दै औद्योगिक क्षेत्रहरु हाल समस्याग्रस्त र चिन्ताग्रस्त अवस्थामा रहेकाले तिनीहरुलाई राज्यसँग जोडेर अभिभावक छ भन्नेकुराको अनुभुति गराउने बताउनुभयो । 

आफुले चुनौतीलाई अवसरको रुपमा परीणत गर्दै काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘औद्योगिक क्षेत्रहरु समस्याग्रस्त, चिन्ताजनक अवस्थामा छन् । तिनीहरुलाई राज्यसँग जोडेर अभिभावक छ भन्ने अनुभुति गराउने । चुनौतिलाई अवसरको रुपमा परिणत गर्ने ।’

मन्त्री यादवले यस मन्त्रालयमा टिमवर्कले काम गरी अरु मन्त्रालयको भन्दा छुट्टै र अरुको भन्दा राम्रो थिती निर्माण गर्न पनि कर्मचारीहरुमा आग्रह गर्नुभयो ।