२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज नबुझाउने



file photo
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौँ असुली गरेको गिरोहबारेको अनुसन्धान प्रतिवेदन प्रहरीले बुधबार नबुझाउने भएको छ ।

उक्त प्रकरणको अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिए पनि प्रहरीले प्रतिवेदन नबुझाउने भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार अनुसन्धान अझै सकिएको छैन । अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा नभएकाले आज (बुधबार) प्रतिवेदन नबुझाउने भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त प्रकरणमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ । यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गर्नुपर्छ । सरकारी वकिलले अध्ययनका लागि भन्दै एकसाता अघि बुधबार प्रतिवेदन बुझाउन भनेको थियो ।

तर, अनुसन्धान नसकिएपछि प्रहरीले प्रहरी नबुझाउने भएको हो । फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने काठमाडौँ प्रहरीको तयारी रहेको बताइएको छ ।