५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एउटै कुकरमा पकाएको भातको हरेक सिता छामिरहनुपर्छ र ?’



अ+ अ-

पोखरा । राष्ट्रिय जनमोर्चा पार्टी (राजमो)की प्रदेशसभा सांसद पियारी थापाले एउटै कुकरमा पकाएको भातको हरेक सिता छाम्नु नपर्ने बताएकी छन् । 

बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुअघि जारी छलफलमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदमको पक्षपोषण गरेको भन्दै एउटै कुकरमा पकाएको भातका हरेक सिता छामिरहनुनपर्ने बताएकी हुन् ।

‘एउटा कुकरभित्र पकाएको भातको हरेक सिता छामिरहनुपर्छ होला र ?,’ उनको प्रश्न थियो, 

यस्तै सासंद थापाले सरकारले भ्यू टावरमा जति ध्यान डोकोमा तरकारी बेच्न महिलाको लागि किन दिन सकेन भन्दै सरकारमाथि आक्रोश समेत पोखेकी थिइन् ।