३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौं नेपाल–अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्टको बैठक शुरु



अ+ अ-

काठमाडौँ । छैटौं नेपाल–अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ शुरु भएको छ ।

बैठक आजबाट काठमाडौंको एक होटलमा शुरु भएको हो । बैठकले अमेरिका र नेपालबीच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै यही द्विपक्षिय सम्बन्धलाई लगानीमा पनि थप बिस्तार गर्ने योजना बनाएको छ । बैठकका बारेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अमेरिका र नेपालबीचको द्विपक्षिय सम्बन्धलाई लगानीको रुपमा रपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रुपमा रुपान्तरण गर्न बैठक बसेको बताउनु भयो ।

उहाँले बैठकका लागि १८ सदस्यीय टोली नेपाल आएको पनि बताउनु भयो । उहाँले नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवद्र्धन गर्ने बैठकको लक्ष्य रहेको बताउनु भयो । उहाँले बैठक जतिसक्दो नेपालमा अमेरिकी लगानी बढाउने कुरामा केन्द्रित रहने बताउनु भयो । उहाँले बैठक सम्भावना र समस्याको खोजि गर्ने माध्यम बनेको बताउँदै यसले व्यापारका क्षेत्रहरु पहिचान गर्ने र नेपालबाट अमेरिका निकासीका वस्तुहरुका बारेमा पनि छलफल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अमेरिका र नेपालबीच लामो सम्बन्ध छ, यो द्विपक्षिय सम्बन्धलाई लगानीको रुपमा रपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रुपमा रुपान्तरण गर्न नेपाल र अमेरिकाबीचको एउटा नेपाल अकेरिका ट्रेड इन्भेष्टमेण्ट एग्रिमेण्ट भन्ने गरेको हो । १८ जनाको टोली अमेरिकाबाट आउनुभएको छ । नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवद्र्धन गर्ने र हाम्रो उदार अर्थतन्त्र छ, जुन अहिले आवश्यक लगानीको आवश्यक्ता छ, प्रविधि हस्तान्तरण होस्, नलेज हस्तान्तरण होस् भन्ने अपेक्षा छ, त्यसमा छलफल गर्नेछौँ, अमेरिकी लगानी भित्र्याउने, नेपाली सामान अमेरिका निर्यात गर्ने बारेमा हामी छलफल गर्नेछौँ, सम्भावना र समस्याको खोजि गर्ने माध्यम बनेको छ । यसले व्यापारका क्षेत्रहरु पहिचान गर्ने र निकासीका वस्तुहरुका बारेमा पनि छलफल हुनेछ । आवश्यक्ताअनुसार नीति नियममा सुधार गरेर नेपललाई सहयोग गरेर जानुहुनेछ । हामीले दिगो विकासका हिसावले खोजेको लगानी हो । अमेरिकाले पनि एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको छ ।’

सचिव मरासिनीले अमेरिकाबाट नेपालले दिगो विकासका हिसावले लगानी भित्र्याउन खोजेको बताउनु भयो । उहाँले अमेरिकाले नेपालमा एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको उल्लेख गर्नुभयो । बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी हुनुहुन्थ्यो । उहाँले बैठकमा सम्बोधन गर्दै नेपालले अमेरिकाबाट दिगो विकाससहितको लगानी खोजेको र नेपालमा लगानीमैत्री वातावरण निर्माण भइरहँदा विदेशी लगानीका लागि सहज भइरहेको बताउनु भयो ।