२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गम्भीर संक्रमितको संख्या घट्दै, जोखिम भने कायमै



अ+ अ-

काठमाडौं । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ हजार ३ सय १२ आईसीयू र ३ सय ७५ संक्रमित भेन्टिलेटरमा छन् । यसअघि, मंगलबार १ हजार ४ सय ३४ जना आईसीयू र ३ सय ९७ भेन्टिलेटरमा उपचाररत थिए । बुधबार देशभर प्रदेश १ मा २ सय २ आईसीयू र ४९ भेन्टिलेटर, प्रदेश २ मा ६७ आईसीयू र १८ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ७ सय २४ आईसीयू र २ सय ४७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

गण्डकी प्रदेशमा १ सय १४ आईसीयू र २७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ३८ जना आईसीयू र १९ भेन्टिलेटर, कर्णालीमा ३७ आईसीयू र ८ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र ७ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै, बुधबार देशभर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार बुधबार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ । हालसम्म नेपालमा ६ लाख १५ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको छ । देशभर बुधबारसम्म ८० हजार ३ सय ३६ सक्रिय संक्रमित छन् ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।