काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, संघियता र धर्मनिरपेक्षता विदेशीले ल्याएको एजेण्डा रहेको बताएका छन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा भारतको सिक्किम राज्यको प्रसंग जोड्दै लेण्डुप दोर्जेले पनि प्रजातन्त्रको निम्ति सिक्किमका जनताले राजा हटाएको दावि गरेको र ‘रअ’ले उचालेर आफूहरूले सो काम गरेको सत्य मृत्युशैयामा रहॅदा मात्र उनले पश्चातापसहित स्विकार गरेको टीप्पणी गरेका हुन् ।
उनी लेख्छन्,
लेण्डुप दोर्जेले पनि प्रजातन्त्रको निम्ति सिक्किमका जनताले राजा हटाएको दावि गर्थे।‘रअ’ले उचालेर आफूहरूले सो काम गरेको सत्य मृत्युशैयामा रहॅदा मात्र उनले पश्चातापसहित स्विकार गरे।
नेपालमा गणतन्त्र,संघियता र धर्मनिरपेक्षता बिदेशीले लादेका एजेण्डा हुन्।विस्तारै रहस्योद्घाटन हुंदैछ https://t.co/2WGHWNENGV— Kamal Thapa (@KTnepal) June 9, 2021












