५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही दिनमै खेल क्षेत्रका व्यक्तिहरुलाई खोप उपलब्ध गराउछौँ – स्वास्थ्यमन्त्री तामाङ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताउनुभएको छ ।

बुधबार नेपाल खेलकुद महासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने बताउँदै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताउनुभएको हो । 

उहाँले सरकार कोभिड १९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘खोपलाई प्राथमिकताका साथ अगाडी बढाएका छौँ । आएको खोपको सिमितताको कारणले उमेर समुहलाई छुट्याएर गरिरहेका छौँ । 

सम्भवत्ः केही दिनभित्रै कोभिडको भ्याक्सिन सम्बन्धी सकारात्मक समाचार तपाईहरुले पाउनुहुनेछ । पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन । तर अब यस्ता विभिन्न क्षेत्र लगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ उहाँहरुलाई पनि लक्षित गरी भ्याक्सिनको परिणाम बढी ल्याउन सक्यौँ भने त्यो पनि ध्यान दिन्छौँ । 

कोभिडसँगै अन्य उपचार कसरी जनतालाई सहज बनाउन सकिन्छ, जनता उपचार अभावमा मर्नु नपरोस् भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेर अगाडी बढेका छौँ ।’

मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासंघले खेलाडी लगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा ५ हजार मात्रा र प्रदेश र जिल्लामा आवश्यकता अनुसार कोभिड – १९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । 

त्यसैगरी आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्नेगरी व्यवस्था गर्न, पिसिआर परिक्षणलाई सहज र फराकीलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिइ राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासंघले अनुरोध गरेको छ ।