९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालयको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक आज साँझ ६ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा गर्ने भएको छ।

त्यस्तै भोलि बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बस्ने पार्टीको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्ता गठबन्धनले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि सो सम्बन्धमा धारणा बनाउन एमालले ती बैठक बोलाउने निर्णय गरेको बताइएको छ ।