२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरको बाथरूममा मृत भेटिए टिभी अभिनेता आदित्य सिंह राजपुत



अ+ अ-

एजेन्सी । टिभी अभिनेता तथा कास्टिङ डाइरेक्टर आदित्य सिंह राजपुतको सोमबार शङ्कास्पद मृत्यु भएको छ । उनी केवल ३२ वर्षका थिए ।

उनको शव अंधेरीस्थित उनको घरको बाथरूममा भेटिएको थियो । उनका साथी र भवनका चौकीदारले उनलाई अस्पताल पुर्याए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार उनको मृत्युको कारण ड्रग ओभरडोज हुन सक्छ । आदित्य सिंह राजपूत दिल्लीका बासिन्दा थिए । उनी आफ्नो रुम पार्टनरसँग मुम्बईको अंधेरीस्थित लश्कारिया हाइट्स नामक भवनमा धेरै वर्षदेखि बस्थे ।

उनले १७ वर्षको उमेरमा मोडलको रुपमा आफ्नो करियर सुरु गरेका थिए । उनले ‘मैने गान्धी को नही मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्ममा काम गरे । आदित्य ३०० भन्दा बढी विज्ञापन भिडियोमा देखिएका छन् । उनी रियालिटी शो ‘स्प्लिट्सभिला’मा पनि देखिएका थिए ।