२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्छ: सांसद पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्ने धारणा राख्नुभएको हो । उहाँले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिनुभयो । त्यसैगरी काठमाडौँ हुँदै धार्के, मुग्लिन पारी भएर गैडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र सो को लागि बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जस्तोसुकै कठिन घडीमा हामी गुज्रिएपनि केही राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनु जरुरी छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, १२ सय मेघावाट उत्पादन हुनसक्ने जलाशययुक्त बुढीगण्डकी आयोजना यस्ता आयोजनाहरुलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर ल्याउन जरुरी छ । बुढीगण्डकी आयोजनाका लागि त राज्यले १ खर्बभन्दा बढी रकमै संकलन गरिसकेको छ । त्यसको लागि छुट्टै रकम खोजिरहनु नि पर्दैन । राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौंको सितापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रुपमा पारीपारी हुँदै मुग्लिन पारी भएर गैडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्छ । यो धेरै महत्वको विषय हुन्छ । यसको बारेमा यसैपालि डिपिआर निर्माण गर्ने प्रश्तावसहित बजेटमा उल्लेख हुन सकोस् । म प्रश्ताव राख्न चाहन्छु ।’

उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले निति तथा कार्यक्रम पुर्नलेखन गर्नु नपर्ने र प्रतिपक्षको सुझावहरुलाई समेटेर जाँदा राम्रो हुने धारणा राख्नुभयो ।

 




भर्खरै