कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज (बुधबार) बस्दैछ । आजको बैठक अपराह्न २ः०० बजे बस्नेछ । हिजो कर्णाली प्रदेशसभा प्रतिपक्षीदल नेकपा (एमाले)ले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन् ।
यसअघि पनि प्रदेशसभाको बैठक सोमबार दिउसो २ः०० बजे र बेलुका ५ः०० बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोख्नुभएको थियो ।
दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए ।












