२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० वर्षको उमेरमा दिग्गज अभिनेता आशिष विद्यार्थीले गरे दोस्रो विवाह



अ+ अ-

एजेन्सी । बलिउडका दिग्गज अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका थिए । उनले आसामको राजधानी गुवाहाटीमा बस्ने फेसन डिजाइनर र व्यवसायी रुपाली बरुआसँग बिहीबार विवाह गरेका हुन् । अभिनेत्री शकुन्तला बरुआकी छोरी राजोशी बरुआ आशिष विद्यार्थीकी पहिलो पत्नी हुन् ।

आशिषले अदालतमा साथीभाइ र परिवारको उपस्थितिमा रुपालीसँग विवाह गरे । यस क्रममा रुपाली आसामको परम्परागत सेतो र सुनको मेखला चादरमा देखिएकी थिइन् । अर्कोतर्फ केरलाको परम्परालाई ध्यानमा राख्दै आशिषले पनि त्यही रंगको मुण्डु लगाएका छन् ।

टाइम्स अफ इन्डियासँग कुरा गर्दै आशिषले भने, ‘उमेरको यो चरणमा मैले रुपालीसँग विवाह गरेको छु र म निकै खुसी छु । हामीले आज बिहान अदालतमा विवाह गरेका छौं र बेलुका हामीले हाम्रा नजिकका र प्रियजनहरूका लागि भेटघाट समारोह आयोजना गरेका छौं ।’

सञ्चारमाध्यमसँग कुरा गर्दै रुपालीले भनिन्, ‘हामी केही दिनअघि मात्रै भेटेका थियौं तर पनि हामीले यो सम्बन्धमा विश्वास गरेका थियौं र यसलाई अगाडि बढाउने सोचेका थियौं । हामी दुवैलाई अन्तरंग समारोहमा बिहे गर्ने मन थियो, त्यसैले अदालतमा बिहे गर्‍यौँ ।’

आशिष विद्यार्थी बलिउड चलचित्रमा खलनायकको भूमिकामा परिचित छन् । सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । आशिषले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।