२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद दाहालबारे ओलीको टिप्पणी– जँड्याहाले जाँड खाएको तालमा पनि यस्तो बोल्दैन



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी प्रकरणमा तथ्यहीन आरोप लगाइएको बताएका छन् ।

पार्टी मुख्यालय च्यासलमा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि अनुशिक्षणमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई चौतर्फी घेराबन्दी भइरहेको बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

ओलीले भने ‘अस्तिमात्रै एकजना माओवादीका सांसदले रोष्ट्रममा उभिएर बोल्दै गर्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो पैसा ? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी हालेर भ्रष्टाचार गर्‍यो भनेर बोले । संसद अवरूद्ध हुनैपर्छ, किनभने यस्तो बकवास ! जँड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो कुरा बोल्दैन ।’

उनले संसद्जस्तो गरिमामय ठाउँमा कोभिड १९ का बेला औषधी उपकरण खरिद्मा दुई अर्ब खाएको भन्ने आरोप लगाएको भन्दै आक्रोश समेत पोखे ।

ओलीले अगाडि थपे – ‘नेकपा एमाले, त्यसमा पनि केपी ओली जसले जिन्दगीभरि भ्रष्टाचारको विरूद्धमा अभियान चलाएर आएको छु । त्यही मानिसकोविरूद्ध ? यो त इमानका शत्रुहरूले गर्ने काम हो । देशद्रोही तत्वहरूले गर्ने काम हो ।’

एमाले भ्रष्टाचारको सधैं विरोधी र स्वच्छता, पारदर्शिताको पक्षपोषक भएको बताउँदै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको निशाना एमालेलाई बनाइएको आरोप समेत लगाए ।