२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६७ मध्ये १३४ देशसँग व्यापारघाटा



अ+ अ-
काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको वैशाखसम्म १६७ देशमध्ये १३४ देशसँग व्यापारघाटा बेहोरेको छ । भन्सार कार्यालयका अनुसार  अधिकांश देशसँग व्यापारघाटा छ ।
व्यापारघाटालाई सामान्य अर्थमा बुझ्दा कारोबारमा हुने घाटा भन्ने बुझिए पनि देशको सन्दर्भमा आयात र निर्यातबीचको अन्तरलाई बुझिन्छ । अर्थात् नेपालले कारोबार गरेका १६७ देशमध्ये गत साउनदेखि वैशाखसम्म ३३ वटा देशसँग आयातको तुलनामा बढी मूल्यको निर्यात गर्न सफल भएको छ भने १३४ देशबाट जति खरिद गरी नेपाल ल्याएको त्योभन्दा धेरै कम निर्यात गर्न सफल भएको छ ।
नेपालले वैशाखसम्म १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँको व्यापारघाटा बेहोरिसकेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले कम हो । गत वर्ष नेपालले सो अवधिमा १४ खर्ब ३१ अर्ब रुपैयाँले व्यापारघाटा बेहोरेको थियो ।
भन्सार कार्यालयका अनुसार नेपालले अफगानिस्तान, अल्जेरिया, एन्गोला, अर्मानिया,अजरबैजान, बाहामास, कम्बोडिया, चाड, कंगोसँगको कारोबारमा व्यापारघाटा बेहोरेको छैन । साथै अन्य देशमा क्रोसिया, फिजी, गौडेलोउपे, आइसल्याण्ड, इराक, ल्याटभिया, माल्दिभ्स, माली, माल्टा, मउरिसस, मोनाको, मोरक्को, न्यू कालेडोनिया, नाइजर, नर्वे, पोर्चुगल, रवान्डा, सेन्ट लुसिया, ट्रिनिडा एण्ड टोबागो, उरुग्वे, यमन, जाम्बिया, जिम्मेबावे रहेका छन् ।
भारतसँग सबैभन्दा धेरै
वैशाखसम्म नेपालले छिमेकी मुलुक भारतसँग सबैभन्दा बढी करिब साढे ७ खर्ब घाटा व्यहोरेको छ । भारतसँग ७ खर्ब ५३ अर्ब ३८ करोड रुपैयाँको व्यापारघाटा व्यहोरेको नेपालले निकासीतर्फ पनि भारतमै सबैभन्दा बढी अर्थात् ९१ अर्ब १४ करोड ७९ लाखको गरेको तथ्यांक छ ।
भारतबाट ८ खर्ब ४४ अर्ब ५३ करोडको आयात भएको छ । उत्तरी छिमेकी चीनसँगको व्यापार घाटा १ खर्ब ७७ अर्ब ८६ करोड रहेको छ । चीनतर्फ नेपालले १ अर्ब ३५ करोठ २८ लाख रुपैयाँको निकासी गरेकोमा चीनबाट १ खर्ब ७९ अर्ब २१ करोड रुपैयाँको आयात गरेको छ ।
नेपालको वैदेशिक व्यापार भएका १६७ मुलुकमध्ये अमेरिकासँग भने सन्तुलनको स्थिति देखिएको छ । नेपालले अमेरिकाबाट १६ अर्ब ३० करोड ८ लाखको वस्तु आयात गरी १५ अर्ब ५८ करोड ६६ लाखको वस्तु निकासी गरेको छ । यसरी अमेरिकासँग नेपालको व्यापारघाटा ७२ करोड २१ लाख रुपैयाँ छ ।