२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखियोः अर्थमन्त्री (पूर्णपाठ)



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले विश्व आर्थिक मन्दीका कारण यस वर्ष नेपालको अर्थतन्त्र समेत प्रभावित भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक सर्वेक्षण, २०७९/८० को प्रतिवेदन प्रस्तुत गर्दै उहाँले नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने देखिएको बताउनुभयो ।

“सन् २०२३ को सुरुवाती दिनमा नै विश्व आर्थिक गतिविधिमा आएको सुस्तता सोको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको छ । यसको प्रभाव थोक तथा खुद्रा व्यापार, निर्माण उत्पादनमूलक उद्योग लगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन आई चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ”, उहँँले भन्नुभयो, “वस्तु आयातमा भएको सङ्कुचन र समग्र मागमा आएको सुस्तताले स्रोतमा समेत सङ्कुचन आई वित्तीय व्यवस्थापनमा समस्या आएको छ ।”

डा महतका अनुसार विश्व बजारमा पेट्रोलियम पदार्थ तथा खाद्यान्नमा भएको मूल्य वृद्धिका कारण समग्र आयातसँगै वस्तुको मूल्यमा दबाब परेको हो । “यद्यपि, पछिल्लो समय पेट्रोलियम पदार्थको निरन्तरको घट्दो मूल्यका कारण अन्य वस्तु तथा सेवाको समेत उपभोग्य बजार मूल्य घट्ने देखिएको छ”, उहाँले भन्नुभयो ।

डा महतले विगतमा विदेशी मुद्राको सञ्चिति जोगाउन गरिएको आयातको कडाइ, रेमिट्यान्स सुधार र अन्य पक्षहरूले अर्थतन्त्रको बाह्य क्षेत्र समेत सुधारात्मक रहेको बताउनुभयो । पर्यटन क्षेत्रको सुधारले हौसला प्रदान गरेको उहाँको भनाइ थियो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/05/७९८०-आर्थिक-सर्वेक्षण-पाठ्यवस्तु-मात्र.pdf”]




भर्खरै