२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहमदाबादमा वर्षा, आज आईपीएलको फाइनल यहीँ हुँदैछ



अ+ अ-

एजेन्सी । चर्को गर्मीकाबीच गुजरातको मौसममा अचानक परिवर्तन भएको छ । आगामी २ दिन मध्य गुजरात, उत्तर गुजरात र सौराष्ट्रमा पानी पर्ने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबारदेखि उत्तरी गुजरातमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अहमदाबादमा पनि हल्का वर्षाको सम्भावना छ, जसका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल खेल खतरामा परेको छ ।

अहिले सहरमा हावाहुरी चलिरहेको छ भने केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ ।

मौसम विभागले अहमदाबाद लगायत सम्पूर्ण जिल्लामा ३० देखि ४० किलोमिटर प्रतिघण्टाको हावाको गतिमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

यदि आज फाइनलमा वर्षा वा अन्य कुनै कारणले एक बल पनि नफ्याँकी फाइनल खेल हुन सकेन भने गुजरात टाइटन्स विजयी हुनेछ ।

आईपीएलको नियम अनुसार २०–२० ओभरको खेल वर्षाका कारण हुन नसकेमा पाँच ओभरको बनाइनेछ भने पाँच ओभरको खेल नभएमा एक ओभरको सुपर ओभर हुनेछ ।

त्यसपछि एक ओभर पनि हुन सक्ने अवस्था नआएमा अंक तालिकामा बढी अंक जोडेको टोली विजेता बन्नेछ । लिग चरणमा गुजरात २० अंकका साथ शीर्ष स्थानमा थियो भने चेन्नई १७ अंकसहित दोस्रो स्थानमा रह्यो ।

 




भर्खरै