२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योलमै



symbolic picture of vaccine
अ+ अ-

काठमाडौं । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।

ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार गर्दासमेत ठोस जवाफ आएको छैन ।

उनीहरूले खोप दिन इच्छा जाहेर गरे पनि कहिले, कति मात्रा ? उपलब्ध गराउने निचोड दिएका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवादमार्फत ‘खोप उपलब्ध गराउन’ आग्रह गरेकी थिइन् । भारत, बेलायत, रुस र अमेरिकी राष्ट्रपतिलाई समेत खोप उपलब्ध गराउन उनले पत्राचार गरिसकेकी छन् ।

तीमध्ये भारत सरकारले भने तत्काल कोभिसिल्ड खोप उपलब्ध गराउन नसक्ने प्रस्ट पारिसकेको छ । जबकि स्वास्थ्य मन्त्रालयले भारतलाई १० लाख मात्रा खरिदका लागि रकमसमेत उपलब्ध गराइसकेको छ । त्यस्तै, अमेरिकाले नेपाललगायतका देशलाई ‘कोभ्याक्स फ्यासिलिटी’मार्फत खोप उपलब्ध गराउने भने पनि ‘ कहिलेसम्म नेपाल आइपुग्ने ? अन्योल कायमै छ । नेपाल सरकारले चीनसँग पहिलो चरणमा २० लाख डोज खोप किन्ने प्रस्ताव गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।